arrow

तृणमूल नेताको हत्यापछि १० जनालाई जिउँदै जलाइयो

नेताको हत्यापछि बङ्गालमा हिंसा भड्कियो, एकै घरबाट निकालियो ७ जनाको शव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
westbangal-murder.JPG

काठमाडौं । ममता बनर्जी अध्यक्ष रहेको तृणमूल कांग्रेसका नेताको हत्या भएपछि पश्चिम बङ्गालमा हिंसा भड्किएको छ ।  पश्चिम बङ्गालको वीरभूमको रामपुरहाटमा तृणमूल कांग्रेसका नेता भादु शेखको हत्यापछि मङ्गलवार हिंसा भड्किएको हो ।  

रामपुरहाटको बरशाल ग्राम पञ्चायतका उपप्रमुख भादु शेखको हत्याको बदला लिन समर्थकले १०-१२ घरका ढोका बन्द गरेर आगो लगाएका छन् । आगलागीमा परी १० जनाको मृत्यु भएको छ ।

तृणमूल कांग्रेसको कब्जामा रहेको बरशल ग्राम  पञ्चायतका उपप्रमुख शेखको सोमबार साँझ हत्या भएको थियो। उनीमाथि बम प्रहार भएको थियो । भादु शेखको मृत्युको खबर आगोझैँ फैलियो । हत्याबाट आक्रोशित, उनका समर्थकहरूले चाँडै आक्रमणका संदिग्धहरूको घरमा आगो लगाए। 

घटनापछि दमकल घटनास्थलमा पुगेको थियो । डीएमसहित वीरभूमका सबै ठुला अधिकारी पनि घटनास्थल पुगेका छन् । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ भने तनावलाई मध्यनजर गर्दै ठुलो सङ्ख्यामा थप प्रहरी परिचालन गरिएको छ ।

फायर ब्रिगेड अधिकारीका अनुसार घटना हिजो रातिको भएको एएनआईले बताएको छ ।  १०-१२ घर जलेका छन् भने १० जनाको मृत्यु भएको छ । जसको शव निकालिएको छ । एकै घरबाट ७ जनाको शव निकालिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ