arrow

अमेरिकामा करिब तीन लाख बालबालिका संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत ८ मंगलबार
corona-virus-covid-19.jpg

लस एन्जलस । अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका छन् । अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् ।

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट संक्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन् । 

“यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,” एक अधिकारीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ