arrow

उत्तर कोरियाली मिसाइल परीक्षणको अमेरिकाले दियो प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
biden-kim1.jpg

काठमाडौं । उत्तर कोरियाले बिहीबार अहिलेसम्मको सबैभन्दा ठूलो इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको दक्षिण कोरियाली र जापानी सेनाले जनाएको छ ।

इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल भनेको अन्तरमहादेशीय क्षेप्यास्त्र हो, जसलाई संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको छ।

यो उत्तर कोरियाले सफलता पूर्वक प्रक्षेपण गरेको सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र भएको बताइएको छ ।

संयुक्त राज्य अमेरिकामा जहाँ सुकै पनि मार हान्न सक्ने क्षेप्यास्त्र बनाउनका लागि यसलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यसलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि राष्ट्रिय सुरक्षा खतराको विषयका रूपमा समेत हेरिएको छ ।

'यो प्रक्षेपण संयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको निर्लज्ज उल्लङ्घन हो र यसले अनावश्यक रूपमा तनाव र क्षेत्रीय सुरक्षालाई अस्थिर बनाउने जोखिम बढाउँछ,' ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले प्रक्षेपणको निन्दा गर्दै एक विज्ञप्तिमा भनेकी छन्, 'कूटनीतिमा ढोका बन्द भएको छैन, तर प्योङयाङले तुरुन्तै आफ्नो अस्थिर कार्यहरू बन्द गर्नुपर्छ।'

उत्तर कोरियाले बिहीबार गरेको प्रक्षेपण यस वर्षको कम्तीमा ११ औं उत्तर कोरियाली मिसाइल परीक्षण हो ।

जापानी अधिकारीहरूले यो मिसाइल ७१ मिनेटका लागि करिब ६ हजार किलोमिटर उचाइ र ११ सय किलोमिटरको दुरीमा उडेर जापानको विशेष आर्थिक (समुद्र) क्षेत्रमा खसेको बताइएको छ ।

सन् २०१७ मा उत्तर कोरियाको परीक्षण गरेको मिसाइल करिब ५१ मिनेटका लागि ४ हजार ४ सय ७५ किलोमिटर उचाइ र ९ सय ५० किलोमिटर दुरीमा उडेको थियो ।

संयुक्त राज्य अमेरिका, रुस र चीनसँग मात्रै अन्तरमहादेशीय क्षेप्यास्त्र रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ