arrow

रुसविरुद्ध लड्न अमेरिकी सैनिक युक्रेनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
us-military-ukraine.PNG

काठमाडौं । अमेरिकी स्वयंसेवकहरू युक्रेनमा रूसविरुद्ध अग्रपङ्तिमा लडिरहेका भिडियो फुटेजहरु सार्वजनिक भएका छन् । यसले युक्रेनमा रुसविरुद्ध लड्न अन्तर्राष्ट्रिय लडाकुहरुले ठूलो मद्दत गरिरहेको देखाएको छ।

अमेरिकी लडाकुहरू देखाइएको दुई भिडियो क्लिपहरू बिहीबार ट्विटरमा देखा परेका हुन् । एउटा भिडियोमा लडाकु पहिरनमा अमेरिकी व्यक्तिलाई देखाएको छ । जलाइएको अवशेषको अगाडि पोज दिँदै उनले जलिरहेको रूसी ट्यांक भएको बताएका छन् ।

क्यामेरा बाहिर एक युक्रेनीले अमेरिकामा स्वागत छ भनेको सुनिन्छ भने, अमेरिकी व्यक्तिले सोही वाक्यांश दोहोर्याएका छन् ।

पहिलो भिडियो अमेरिकी सेनाका भेटेरन जेम्स भास्क्वेजले ट्विटरमा पोस्ट गरेका हुन् । अमेरिकी सेनाका लामो अनुभवी उनी हाल अमेरिकाको कनेक्टिकटमा निर्माण ठेकेदारको काम गरिरहेका थिए ।

१५ मार्चमा पोल्याण्ड हुँदै युक्रेन छिरेका उनलाई १८ मार्चमा लभिभमा रुसविरुद्ध फ्रन्टलाइनमा लड्न पठाइएको थियो

'मलाई यस्तो लागिरहेको छ, कि म एकदमै खतरनाक बिदामा छु,' उनले भनेका छन् । उनले आफ्नो ट्विटर अकाउन्टमार्फत युद्धका अपडेटहरु गराइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ