arrow

चिनियाँ विदेशमन्त्री वाङ भारतमा, नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
wang-yi-chinese-foreign-minister.jpeg

नयाँ दिल्ली । चीनका विदेशन्त्री वाङ यी भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उनले शुक्रवार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ ।

उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गरेका हुन्।

त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेको अधिकारीहरूले जनाएका छन् ।

दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए ।

भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उनहरूले छलफल गरेको जनाइएको छ ।

विभिन्न देशको भ्रमण गर्ने क्रममा उनी बिहीबार बेलुका भारतको सङ्घीय राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेश मन्त्री यी भारत आएको जनाइएको छ ।

भारत अघि उनले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को बैठकमा सहभागी भएका थिए ।

भने विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी आज बेलुकी आउदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ