arrow

भारतमा ६ दिनमा पाँच पटक पेट्रोलको मूल्य वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
petrol-pump.jpeg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ। आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ। यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलव ११ पैसा भएको छ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलव ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलव ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलव ८७ थियो।

मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ। पछिल्लो पटक २२ मार्चमा मूल्य वृद्धि भएको थियो। यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ