arrow

ह्वाइट हाउसका प्रवक्तालाई संक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत १४ सोमबार
white-house.jpg

वासिङ्टन । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

उनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  

उनले आफूलाई संक्रमण भएको पुष्टि भए पनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् ।

“मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,” सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

राष्ट्रपति कार्यालयको यस सम्बन्धी नियम अनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने पनि उनले स्पष्ट पारेका छन् ।   

४४ बर्षिया पिएर्रे यसअघि केही महिना अगाडि पनि कोरोनाभाइरसबाट संक्रमित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ