arrow

साङ्घाइमा पुनः केही दिनका लागि चरणबद्ध लकडाउन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
corona-china1.jpg

बेइजिङ । चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड-१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ ।

सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ । 

त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ ।

चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० सङ्क्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो ।

सङ्क्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार  चिनियाँ  प्रभावित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ