arrow

जम्मू र काश्मीरको गुरेजमा स्‍नो स्कीइङ कोर्स

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत १५ मंगलबार
kashmir-snow-skiing.jpg

बन्दीपोरा। पहिलो पटक जिल्ला युवा सेवा तथा खेलकुद विभाग (वाइएसएस) बन्दीपोराले जिल्ला प्रशासनको सहयोगमा गुरेजमा स्‍नो स्कीइङ कोर्सको आयोजना गरेको छ।

यही महिनाको सुरुमा ५० विद्यार्थीहरूलाई स्‍नो स्किइङको आधारभूत कुराहरू तालिम दिन सुरु गरिएको हो। लगभग १०० पुरुष र महिला विद्यार्थीहरुलाई स्कीइङ कोर्सको दौरान तालिममा सहभागी भएका छन्।

डेपुटी कमिश्नर (डीसी) बन्दीपोरा, डा. ओवैस अहमदले गुरेजमा आधारभूत स्नो स्कीइङ कोर्समा विद्यार्थीहरूलाई प्रशिक्षण दिन यो पहिलो पटक आयोजना गरिएको कार्यक्रम भएको बताए। उनले तालिमलाई सफल बनाउन पर्याप्त व्यवस्था मिलाइएकोसमेत बताए बताए।

डा.ओवैसले आगामी दिनमा पनि युवा सहभागिताका लागि यस्ता कार्यक्रम आयोजना गरिने बताउँदै युवाहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रममा सहभागी हुन आग्रह गरे।

तालिमले विद्यार्थी र स्थानीयमा ठूलो उत्साह पैदा गरेको र गुरेजलाई आगामी स्की गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सक्षम भएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ