arrow

रुसी र अमेरिकी अन्तरिक्ष यात्री सहयात्रा गरेर पृथ्वीमा फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
usa-russia-nasa-scientist.jpg

काठमाडौं । अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ संकेतमा दुवै देशका अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा कजाकस्तानमा उत्रिएका छन् । 

नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा सँगसँगै उत्रिएका हुन् । युक्रेन संकटलाई लिएर रुस र अमेरिकाबीच तनाब बढिरहेका बेला उनीहरुको सहयात्रा भएको हो । 

अमेरिकी अन्तरिक्ष यात्री भान्डे हेईले लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए । सन् २०१६ मा अमेरिकी अन्तरिक्ष यात्री स्कट केलीले बनाएको ३४० दिनको अघिल्लो रेकर्ड तोड्दै उनी ३५५ दिन अन्तरिक्षमा बसेका थिए । 

नासाका प्रशासक बिल नेल्सनले एक विज्ञप्तिमा भने, ‘मार्कको मिसन रेकर्ड तोड्ने मात्र होइन, यसले चन्द्रमा, मंगल ग्रह र त्यस बाहिर भावी मानव अन्वेषकहरूको लागि मार्ग प्रशस्त गर्दैछ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ