arrow

चीनमा ह्वात्तै बढे कोरोना संक्रमित, एकै दिन १३ हजार बढी थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
corona-china-omicron-2022.jpg

काठमाडौं । सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरसको महामारीले विश्व ग्रस्त भइरहेका बेलामा यतिबेला फेरि चीन पनि ग्रस्त बन्न थालेको छ । सबैभन्दा पहिले नियन्त्रण गरेर आफ्नो ट्रयाक सुधारेको चीनमा अहिले पहिलो लहर भन्दा पनि बढी संक्रमित एकैदिन देखिन थालेका छन् । 

पछिल्लो २४ घण्टामा १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । चीनमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । 

संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तीय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ