arrow

श्रीलङ्कामा फेसबुक र ट्विटरमा पनि प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत २० आइतबार
srilanka-emergency.jpg
फाइल तस्बिर

कोलम्बो। कफ्र्यू घोषणा गरिएको श्रीलङ्कामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ। त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ।

यसको प्रस्ट कारण खुलाइएको छैन। तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसञ्चार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ। नयाँ प्रतिबन्ध रोक्न पहल स्वरूप कठोर प्रतिबन्ध लगाइएको छ। बिहीबार एउटा भिडले राष्ट्रपतिको निजी आवासनजिक सवारी साधनहरूमा आगजनी गरेको थियो।

टापुहरूको देश श्रीलङ्कामा चरम आर्थिक सङ्कट निम्तिएको छ। देशमा दैनिक १२ घण्टाभन्दा बढी समय लोडसेडिङ छ। इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिको अभावमा सर्वसाधारण मानिसहरू आक्रोशित छन्।

बिहीबार राष्ट्रपति गोटाबायो राजापाक्षेको कोलम्बोस्थित घरबाहिर हिंसात्मक आन्दोलन भएको थियो। प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि पछि प्रहरी हस्तक्षेपका कारण हिंसात्मक बनेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास, पानीको छर्रा र लाठी प्रहार गरेपछि भीड अराजक बनेको थियो।

ढुङ्गा प्रहार गरेर प्रदर्शनकारीले प्रहरीमाथि बदला लिएका थिए। प्रदर्शनकारीसँगको झडपमा कम्तीमा दुई दर्जन प्रहरी घाइते भएका छन्।

श्रीलङ्का पछिल्लो समयमा चरम आर्थिक सकेटबाट गुज्रिरहेको छ। कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षा रोकिएको छ। त्यस्तै, अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव देखिन थालेको छ। यही समस्यबीच सरकारले आपत्काल घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ