arrow

संकटग्रस्त श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
srilanka-ministers-2020.jpg

काठमाडौं । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन्  । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो । 

तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए ।  श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ । 

खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ