arrow

अमेरिकाले 'गुपचुप तरिकाले हाइपरसोनिक मिसाइल परीक्षण' गरेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
us-tested-hypersonic-missile.PNG

काठमाडौं । संयुक्त राज्य अमेरिकाले गत महिना अर्थात् मार्चको मध्यमा एक हाइपरसोनिक क्षेप्यास्त्र अर्थात् मिसाइल परीक्षण गरेको र रुससँगको विवाद नबढोस् भनेर उक्त कुरा गोप्य राखेको खुलेको छ ।

एक रक्षा अधिकारीले सीएनएनलाई जानकारी दिए अनुसार रुसी सेनाले युक्रेनमा जारी राखेको युद्ध थप नफैलियोस् भन्ने कुरालाई ध्यानमा राख्दै अमेरिकाले गोप्य रूपमा हाइपरसोनिक एयर ब्रेथिङ वेपन कन्सेप्ट (एचएडब्लुसी) परीक्षण गरेको हो ।

त्यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेन नेटो सहयोगीलाई भेट्न युरोपको भ्रमण जाँदै थिए । उनले पोल्याण्ड युक्रेनी सीमा नजिक रोकिएर युक्रेनी रक्षा र विदेशमन्त्रीसँग भेटवार्ता समेत गरेका थिए ।

उसो त, अमेरिकाले युक्रेनलाई प्रदान गरेको सबै किसिमको सैन्य सहयोग पनि सार्वजनिक गरेको छैन । खास गरी रुसले युक्रेनमा युद्ध गरिरहँदा आफू विरुद्ध नेटोको संलग्नता नठानोस् भन्नेमा अमेरिका सजग रहेको देखिन्छ ।

गत शुक्रवार मात्रै पनि अमेरिकाले मिनेटम्यान ३ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल अर्थात् अनत महादेशीय मिसाइल परीक्षणसमेत स्थगित गरेको छ ।

मार्चको मध्यमा अमेरिकाले परीक्षण गरेको हाइपरसोनिक एयर ब्रेथिङ वेपन कन्सेप्ट दोस्रो सफल परीक्षण थियो । तर, हाइपरसोनिक एयर ब्रेथिङ वेपन कन्सेप्ट अन्तर्गत लकहिड मार्टिन भर्जनको भने पहिलो सफल परीक्षण हो ।

यसअघि गत सेप्टेम्बरमा वायुसेनाले नर्थ्रोप ग्रुम्यान स्क्र्यामजेट इन्जिनद्वारा सञ्चालित रेथियोन हाइपरसोनिक एयर ब्रेथिङ वेपन कन्सेप्टको सफल परीक्षण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ