arrow

श्रीलङ्का सङ्कट : एक दिनमै नवनियुक्त अर्थमन्त्रीले दिए राजीनामा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत २२ मंगलबार
new-minister-resign.PNG

कोलम्बो । श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एक दिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन्। 

सोमबार उनीसँगै अरू तीन गरी चार मन्त्रीले शपथ ग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उनले राजीनामा दिएका हुन् । त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भए पनि जिम्मेवारी दिन सकिने उनको भनाई छ ।

तर राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारे ।

देशको अर्थतन्त्र चरम सङ्कटमा पुगेपछि अभाव र समस्या सृजना भएको भन्दै आम नागरिक आन्दोलित भएका छन् । उनीहरूको आन्दोलनलाई दबाउन सरकारले सङ्कटकालसँगै कर्फ्यु जारी गरेको थियो ।

आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिँदै गएपछि तत्कालीन सबै मन्त्री र केन्द्रीय बैङ्कका गभर्नरले राजीनामा दिएका थिए ।

सरकारमा प्रधानमन्त्री मात्रै रहेपछि राष्ट्रपति राजापाक्षेले सरकारमा सहभागी हुन अन्य दलका नेताहरूलाई आह्वान गरेका थिए । उनकै आह्वान अनुसार सङ्कट समाधान गर्ने अठोटसहित मन्त्री बनेको व्यक्तिले पनि राजीनामा दिने क्रम सुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ