arrow

चीनमा कोभिड बढेको बढ्यै, एकै दिन २० हजार सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
china-shanghai-corona.jpg
फाइल तस्बिर

बेइजिङ। चीनमा कोभिड सङ्क्रमितको सङ्ख्या दिनहुँ बढेको बढ्यै छ। बुधवार एकै दिन २० हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन्। यो महामारीको सुरुवातपछिकै ठुलो सङ्ख्या हो। कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ।

सरकारले शून्य कोभिड नीति अवलम्बन गरिरहेको बताइरहेका बेला सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ। निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो।

तर, नयाँ भेरिअन्ट ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या तीव्र बढिरहेको छ। बुधवार मात्र २० हजार ४७२ जना नयाँ सङ्क्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ। अधिकांशमा लक्षण देखिएको छैन। त्यस्तै, पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ।

परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाइ क्वारेन्टिन केन्द्र भरिएका छन्। सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ