- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। रामनवमी पर्वको अवसरमा जनकपुरधाममा आयोजना हुन लागेको हिन्दु अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन श्रीमज्जगद्गुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरधाम आउन लागेको छ।
रामनवमी पर्वको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने सो सम्मेलनमा प्रवचन दिनका लागि गोवर्द्धन मठका शङ्कराचार्य निश्चालानन्द सरस्वती महाराज चैत २६ गते जनकपुरधाम आउन लागेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।
दासका अनुसार जटही नाका भएर शङ्कराचार्यको जनकपुरधाम आउने कार्यक्रम रहेको र जटही नाकामा उनलाई भव्य स्वागत गरिने दासले जानकारी गराए।
शङ्कराचार्य निश्चालानन्द सरस्वती महाराज चैत २७ गते बिहान साढे ११ बजेदेखि प्रवचन दिने र सोही दिन साढे ४ बजेदेखि विद्वत सभामा सहभागी हुने कार्यक्रम तय गरिएको जानकारी दिए।
साथै चैत २८ गते बिहान ११ बजेदेखि दीक्षा तथा पादका पूजन कार्यक्रमको आयोजना गर्नुका साथै सोही दिन शङ्कराचार्यको पादुका पूजनसँगै बिदाइ गरिने छ।