arrow

बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत २८ सोमबार
sahamati.jpg

काठमाडौँ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ।

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए।

आइतबार र सोमबार दुई दिन काठमाडौँमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमुखहरूको उपस्थिति रहेको थियो।

यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् भने बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए।

प्रदेशमा नेकपा एमालेले वडा तहदेखि नै आफ्ना उम्मेदवारहरू टुङ्ग्याउँदै नाम सिफारिस गरिरहेको छ भने गठबन्धन सहमति जुटाउनमा छलफलमा जुटिरहेको छ। प्रदेश र केन्द्रको निर्णय कुर्दा जिल्लामा गठबन्धनको उम्मेदवारहरूको अझै टुङ्गो लाग्न सकेको छैन। जिल्लाका गठबन्धनका नेताहरू भने केन्द्रको निर्णय अनुसार चल्नुपर्ने भन्दै आफ्ना उम्मेदवारहरूलाई अघि सार्न सकेका छैनन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ