arrow

सेयर बजार दोहोरो अङ्कको ओरालो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
stocks-bear-market.jpg
फाइल तस्बिर

काठमाडौँ। सेयर बजार मङ्गलवार ३४ दशमलव ७९ अङ्कको ओरालो लागैसँगै २३८५ दशमलव ०१ अङ्कमा आएर बन्द भएको छ। घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ। यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार  हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ।

यसरी बजार घट्दा कारोबार रकममा कमी आउनु भनेको लगानी कर्ता योभन्दा सस्तोमा सेयर बेच्न राजी नभएको बुझिन्छ। मङ्गलवार बजार रातो हुँदा २३७ कम्पनीमध्ये २०३ वटा रातो, २३ वटा हरियो र १० वटा स्थिर रहे।

होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन्। अधिक घट्नेमध्ये इमजिन नेपाल ६ दशमलव ५९ प्रतिशत घट्दा ९३५, न्यादी हाइड्रो ६ दशमलव ०७ प्रतिशतले घट्दा ४०१ दशमलव १ मा, घलेम्दी हाइड्रो ५ दशमलव ९ प्रतिशतले घट्दा २७१ मा र राष्ट्र उथान लघुवित्त ५ दशमलव ३६ प्रतिशतले घट्दा १३०६ दशमलव १ मा अन्तिम कारोबार भएको छ।

नेश्डो लघुवित्तको सेयर मूल्य २०५७ पुगेको छ। विजया लघुवित्त, मनकामना लघुवित्त, रुरु जलविद्युत्, शिव शि हाइड्रो भने करिब १ प्रतिशत आशपाश बडेका छन्।



लोकप्रिय समाचार
नयाँ