arrow

श्रीलङ्काको सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
srilanka-rally-against-china.jpg
फाइल तस्बिर

कोलम्बो। श्रीलङ्काको सरकार प्रदर्शनकारीहरूसहित वार्ता गर्न तयार भएको छ। प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको बुधवार बताएका हुन्।

आन्दोलन गरेर भन्दा पनि वार्ताबाट नै मागहरूको सम्बोधन गर्न र सहमति गर्न सकिने भएकाले वार्तामा आउन पनि उनले आग्रह गरे। मुलुकको आर्थिक सङ्कट तत्काल समाधान गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेको बुधवार पाँचौँ दिन भएको छ।

त्यसै गरी देशमा भइरहेको अभाव, महँगी, लगायतका समस्या समाधान गर्न पनि उनीहरूले माग गर्दै आइरहेका छन्।

उनीहरूको आन्दोलनका कारण केही समय देशमा सङ्कटकाल र केही ठाउँमा कर्फ्यु समेत लगाइएको थियो। तर अहिले भने हटाएर जनजीवन सामान्य भइसकेको छ। तर आर्थिक सङ्कट भने गहिरिँदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ