arrow

अमेरिकी काँग्रेसका ३९८ र क्यानडाको सिनेटका ८७ सदस्यमाथि रुसी प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
flag-us-russia-l.jpg
फाइल तस्बिर

न्युयोर्क। युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदला स्वरूप रुसले बुधवार अमेरिकी काँग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ।  ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाएको छ। ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जबाफमा थप कदम चालिने पनि विदेश मन्त्रालयले चेतावनी दिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरूले मस्कोमाथि विभिन्न प्रतिबन्धहरू लगाएका थिए। त्यसको बदलामा रुसले पनि ती देशहरूमाथि प्रतिबन्ध लगाएको हो।

यसैबिच, रुसी सेनाले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ