arrow

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधी अभाव

logo
एएनआई,
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
srilanka-economy-crisis.PNG
फाइल तस्बिर

कोलम्बो। श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरूले बिरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन्। सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरूको भनाइ छ।

अत्यावश्यक औषधी तथा उपकरणहरू छिमेकी तथा सहयोगी मुलुकहरूसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरूले जोड दिएका छन्। दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ। अभाव र मूल्य वृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ।

तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेपनि प्रभावकारी काम हुन सकेको छैन। सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचना समेत भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ