arrow

श्रीलङ्कामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
srilanka-oil-crisis.jpg

कोलम्बो। आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्काले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ। सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुई पाङ्ग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलङ्काली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ।

जबकि तीन पाङ्ग्रे सवारी साधनले १५ सय श्रीलङ्काली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयाँसम्मको पाउन सक्नेछन्। तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन।

यसैबिच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरूको लामो लाइन लागेको छ। धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ