arrow

दुई दिने भारत भ्रमणमा बेलायतका प्रधानमन्त्री, रक्षा प्रमुख एजेण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
modi-johnson-india-britain-british.jpg

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दुई दिने भारत भ्रमण गर्ने भएका छन् । व्यापार र रक्षालाई प्रमुख एजेण्डा बनाएर बेलायती प्रधानमन्त्री जोनसनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न लागेका हुन् ।

आउँदो बिहीबार अर्थात् अप्रिल २१ मा भारतका लागि बेलायत छोड्ने जोनसनले शुक्रवार नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्ने छन् । 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी युद्धकाबीच पश्चिमा मुलुकहरूले मस्कोमाथि कडा प्रतिबन्ध लगाएका बेला भारत भने तटस्थ छ ।

भारतको रुसमाथि निर्भरता घटाउने र रुसविरुद्ध मद्दत गर्नका लागि मनाउन पश्चिमा मुलुकहरूको प्रयास देखिएका बेला जोनसनले भारतको भ्रमण गरिरहेका हुन् ।

'हामीले निरङ्कुश राज्यहरूबाट हाम्रो शान्ति र समृद्धिको लागि खतराको सामना गर्दा, लोकतन्त्रका साथीहरू एकसाथ रहनु महत्त्वपूर्ण छ,' बेलायतको प्रधानमन्त्रीका रूपमा पहिलो भारत भ्रमणको तयारीमा रहेका जोनसनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

गत महिना बेलायतकी विदेश सचिव लिज ट्रसले रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा एवं खाद्य सुरक्षामा अझ बढी सहकार्य गर्ने एजेन्डासहित भारत भ्रमण गरेकी थिइन् ।

बिहीबार भारत पुग्ने जोनसन भारतको पाँचौँ ठुलो राज्य गुजरातको भ्रमण गर्ने भएका छन् । त्यहाँ उनले बेलायत र भारतका प्रमुख उद्योगहरूमा ठुलो लगानीको साथै विज्ञान, स्वास्थ्य र प्रविधिमा नयाँ सहकार्यको घोषणा गर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ