arrow

स्विडेन र फिनल्याण्ड नाटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्छौँ : रुस

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ४ आइतबार
russia-sweden-finland.jpg

किभ। रुसले स्विडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्रि मेदभेदेवले यस्तो चेतावनी दिएका हुन्।

रुससँग एक हजार ३०० किलोमिटर सीमा जोडिएको फिनल्यान्ड र अर्को युरोपेली देश स्विडेनले नेटो गठबन्धनमा आबद्ध हुने योजनामा छन्।

रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्रि मेदभेदेवले स्विडेन र फिनल्यान्ड नेटोमा आबद्ध भएमा रुसले बाल्टिक सागरमा आफ्नो स्थल, नौ सैनिक र वायु सेना बलियो बनाउने बताए।

सन् २००८ देखि २०१२ सम्म रुसी राष्ट्रपति रहेका मेदभेदेवले भने, ‘आणविक मुक्त बाल्टिनबारे कुनै पनि वार्ता हुन सक्दैन। सन्तुलन पुनर्स्थापित गरिनुपर्छ।’

मेदभेदेव सन् २००८ देखि सन् २०१२ सम्म रुसको राष्ट्रपति थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ