arrow

दिल्लीमा १५ दिनमा ५०० प्रतिशतले बढ्यो कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
delhi-police.jpg

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो १५ दिनमा ५०० प्रतिशतले कोरोना भाइरसको संक्रमण फैलिएको देखिएको छ ।

दिल्ली राजधानी क्षेत्रका १९ प्रतिशत बासिन्दाहरूले एक सर्वेक्षणका क्रममा प्रतिक्रिया दिँदै पछिल्लो १५ दिनमा आफ्नो नजिकका एकदेखि दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् ।

सर्वेक्षण सञ्चालन गर्ने फर्म लोकलसर्कलले पछिल्लो १५ दिनमा कोभिड१९ को संक्रमण ५०० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएको हो ।

दिल्लीमा शनिबार ४६१ नयाँ संक्रमित थपिएका थिए । संक्रमण बढ्न थालेसँगै मास्क अनिवार्य र परीक्षण बढाउनु पर्ने कुरा उठेको छ ।

कांग्रेस नेता राहुल गान्धीले आइतवार सरकारको लापरवाहीको कारण कोरोनाभाइरसको महामारीको समयमा ४० लाख भारतीयको मृत्यु भएको दाबी गरेका छन् । उनले एक पटक फेरि मृतक सबैका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत माग गरेका छन् ।

दिल्लीमा संक्रमण बढेसँगै विद्यालयहरुमा कडाइ सुरु हुन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ