arrow

चीनमा बढ्दै कोरोना संक्रमण, सांघाईनमा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
china-corona.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढीरहेकाबेला चीनको आर्थिक हब सांघाईमा कोभिड-१९बाट तीन जनाको मृत्यु भएको छ। गत मार्चको अन्त्यमा लकडाउन सुरु गरेयता चीनमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको हो ।

त्यहाँको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा ८९ देखि ९१ वर्षका र खोप नलगाएका तीन जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

सांघाईका अधिकारीहरूले ६० वर्षभन्दा माथिका बासिन्दामध्ये ३८ प्रतिशतले मात्र पूर्ण खोप लगाएको बताएका छन् । 

सांघाई सामूहिक परीक्षणको अर्को चरणमा प्रवेश गरेको छ । यसको अर्थ अधिकांश बासिन्दाहरूका लागि चौथो हप्ताको कडा लकडाउन जारी रहनेछ।

अहिलेसम्म, चीनले सांघाईमा कोभिड-१९ बाट कसैको पनि ज्यान नगएको दाबी गर्दै आएको थियो । २०२० को मार्च यता सम्पूर्ण चिनियाँ अधिकारीहरूले पहिलो पटक सोमबार सार्वजनिक यी मृतकहरुको संख्या स्वीकारेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ