arrow

राजापाक्षले नियुक्त गरे सत्र मन्त्री, आठ जना पुरानै

logo
एएनआई,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
gotabaya-rajapaksa.jpg

कोलोम्बो । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन् । नव नियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रीपरिषद्को पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् ।  यसअघि यही अप्रिल ३ मा तत्कालिन मन्त्रीपरिषद्का सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए । 

देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्य बृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ