arrow

पुटिनले भने- पश्चिमी प्रतिबन्ध असफल भए, उनीहरू आफै सङ्कटमा परे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
russia-putin-sanction.PNG

काठमाडौं । युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा मुलुकहरूले रुसमाथि लगाएका प्रतिबन्धहरू असफल भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

पुटिनले भनेका छन्, पश्चिमले 'आर्थिक एवं वित्तीय अवस्था उथलपुथल गर्ने, बजारमा त्रास फैलाउने, बैङ्किङ प्रणालीको पतन र स्टोरहरूमा अभाव हुने अपेक्षा गरेको थियो ।' उनले अघि भनेका छन्, 'आर्थिक प्रतिबन्धको रणनीति असफल भएको छ,' बरु यसले  'पश्चिमको अर्थतन्त्रमा नै सङ्कट निम्त्यायो।'

सोमबार पुटिनले उच्च अर्थ अधिकारीहरूसँगको भिडियो कलका क्रममा यस्तो टिप्पणी गरेका हुन् । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरूले रुसको कर्पोरेट र वित्तीय प्रणालीमा अभूतपूर्व प्रतिबन्धहरू लगाएका छन् ।

रुबल बलियो भएको र वर्षको पहिलो त्रैमासिकमा देशले ५८ अर्ब डलर ऐतिहासिक उच्च व्यापार बचत गरेको तर्क गर्दै पुटिनले 'रुसले अभूतपूर्व दबाबको सामना गरेको' बताए ।

रुसमाथिका प्रतिबन्धले उल्टै मुद्रास्फीति बढेर अमेरिकी र युरोपेली जनजीवनको स्तरमा गिरावट ल्याएको पुटिनको भनाइ छ।यद्यपि, पुटिनले रुसमा उपभोक्ता मूल्यहरूमा १७.५ प्रतिशतको तीव्र वृद्धि भएको कुरा भने स्वीकार गरेका छन् ।

रुसले आफ्नो अर्थतन्त्र र तरलतालाई सहयोग गर्न बजेट प्रयोग गर्नुपर्ने बताएका छन् । यस्तै उनले रुसले विदेशी व्यापारमा राष्ट्रिय मुद्रा प्रयोग गर्ने नयाँ सर्तको  प्रक्रियालाई गति दिनुपर्ने पनि बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ