arrow

ओशिनियाको सोलोमन टापुसँग चीनले गर्‍यो सुरक्षा सम्झौता, अष्ट्रेलिया तनावमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
aus-china-soloma.PNG

काठमाडौं । चीनले ओशिनियामा अवस्थित टापु मुलुक सोलोमन आइल्याण्डसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ ।परम्परागत रूपमा संयुक्त राज्य अमेरिका र उसका मित्र राष्ट्र अष्ट्रेलिया एवं न्युजिल्यान्डको अधीनमा रहेको क्षेत्रमा चिनियाँ प्रभाव बढ्नु यी देशका लागि तनावको बिषय बनेको छ ।

उक्त सुरक्षा सम्झौतामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यी र सोलोमन टापुका विदेश मन्त्री जेरेमिया मनालेले हस्ताक्षर गरेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बेइजिङमा आयोजित नियमित ब्रीफिङमा पत्रकारहरूलाई बताएका हुन् ।

उनले कहाँ र कहिले हस्ताक्षर भएको हो भन्ने विवरण भने दिएनन्। सोलोमन टापुहरूको राजधानी होनियारामा ह्वाइट हाउसका अधिकारी आउनुको पूर्वसन्ध्यामा चीनले सुरक्षा सम्झौताको घोषणा गरेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।

अष्ट्रेलियाबाट २ हजार किलोमिटर मात्रै टाढा रहेको सोलोमनमा यो सम्झौताले चिनियाँ सेनाको उपस्थिती गराउन सक्नेलगायतको चिन्तामा क्यानबेरा परेको छ ।

अस्ट्रेलियाकी विदेशमन्त्री मारिस पेनेले यो घोषणालाई लिएर अस्ट्रेलिया निकै चिन्तित भएको भन्दै सम्झौताका सर्तहरूबारे थप स्पष्टता माग गरेकी छन् ।

यसअघि नै पनि चिनियाँ दूतावास र सोलोमन टापुका अधिकारीहरूले चिनियाँ पुलिसलाई पूर्वाधार र सामाजिक व्यवस्थाको रक्षा गर्न अनुमति दिने सुरक्षा सम्झौता अघि सारेपनि त्यसमा मन्त्रीहरूले भने हस्ताक्षर गरेका छैनन् ।

चीनको चिन्ता र अमेरिकी दूतावास पुन खोल्नेबारे छलफल गर्न यस हप्ता इन्डो प्यासिफिक संयोजक कर्ट क्याम्पबेलसहितको उच्च स्तरीय अमेरिकी प्रतिनिधिमण्डल होनियारा जाने सोमबार, ह्वाइट हाउसले बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ