श्रीलङ्कामा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली प्रहार, एकको मृत्यु
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
324
Shares
फाइल तस्बिर
कोलम्बो। श्रीलङ्कामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन्।
इन्धनको मूल्यवृद्धिको विरोधमा मङ्गलवार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो। तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो।
मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुङ्गा प्रहार गरेका थिए। यसैबिच, श्रीलङ्का प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यु लगाएको छ।