arrow

रुसी हमला प्रतिकार गर्न अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान 

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
fixed-wing-fighter-aircraft.jpg
फाइल तस्बिर

न्युयोर्क। रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बारबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो। तर विमानको प्रकार र सङ्ख्या खुलाइएको छैन।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनसँग दुई साताअघिको तुलनामा अझै बढी ‘फिक्स्ड विङ फाइटर एयरक्राफ्ट’ भएको जनाएको छ। रुसी सेनासँग लड्न युक्रेनलाई थप सहयोग पठाउने युरोपले पनि घोषणा गरेको छ।

रुसले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आफ्नो सेना केन्द्रित गरेको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विभिन्न देशसँग युद्ध विमान र थप हतियारको माग गर्दै आएका छन्।

रुसमाथि दबाब बढाउन खोजिरहेका राष्ट्रपति बाइडेनले क्यानडा, जापानसहित युरोपेली नेताहरूसँग छलफल गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ