arrow

बेलायती प्रधानमन्त्री भारतमा

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
borish-india.PNG

अहमदावाद । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । उनी बिहबार बिहान गुजरात आएको र उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ । 

गुजरातबाट प्राप्त भएको समाचारमा बेलायतका प्रधानमन्त्री जोनसनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । गुजरात भारतीय मूलका बेलायती नागरिकहरुमध्ये करिब आधाजति नागरिकहरुको जन्मस्थल हो । गुजरातमा उनले व्यापारिक समुदायका नेताहरुसँगको भेटघाटका क्रममा भारत र बेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्ने बताइएको छ । 

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने जनाइएको छ । यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो । 

भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो । यस पटक पनि उनले भारतमा रहँदा यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिपक्षा र जनता जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम रहेको छ । 

साथै यस भ्रमणका क्रममा उनहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने भएको बताइएको छ । बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ । प्रधानमन्त्री जोनसन हालैमात्र युक्रेनको राजधानी किभ पुग्नुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ