arrow

चीनमा बिहीबार दुई हजार बढीमा संक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
china-corona.jpg

बेइजिङ । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड-१९ संक्रमण फैलिएको पुष्टि भएको  छ ।  

जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ ।    

सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय-स्तर क्षेत्रहरूले नयाँ  कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ ।   

जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८  र बेइजिङमा एक जना भएको बताइएको  छ । 

बिहीबार २ हजार ७३० जना कोरोना संक्रमित निको भएका छन् ।  यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ ।

 कोरोना संक्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो । यी सबै सांघाई शहरका पनि समाचारमा जनाइएको छ । 

चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमणको को कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ