arrow

फ्रान्सेली राष्ट्रपतीय निर्वाचन : म्याक्रोनलाई पेनको कडा चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
macron france marine le pen.PNG

काठमाडौं । फ्रान्समा राष्ट्रपति छान्नका लागि दोस्रो चरणको निर्वाचन जारी छ । स्थानीय समय अनुसार बिहान ८ बजे सुरु भएको मतदान बेलुका ८ बजेसम्म चल्ने बताइएको छ । बेलुका ८ बजेपछि नै चुनाव कसले जित्ने भन्ने टुङ्गो लाग्नेछ ।

राष्ट्रपतीय मतदानका लागि योग्य ४ करोड ८७ लाख मतदाताले राष्ट्रपति इम्मानुएल म्याक्रोन र दक्षिणपन्थी उम्मेदवार मारिन ले पेनमध्ये एकलाई नयाँ राष्ट्रपतिका रूपमा छान्ने छन् ।

मध्यवर्ती म्याक्रोनले जित्ने आङ्कलन गरिए पनि स्थिति र  दक्षिणपन्थी उम्मेदवार मारिन लेको कडा चुनौती भने कायम छ ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद‍्वारले ५० प्रतिशत भन्दा धेरै मत प्राप्त गर्न नसकेका कारण दोस्रो चरणको मतदान भइरहेको हो ।

यसअघिका वर्ष भन्दा फरक अहिले रुस र युक्रेनबीचको युद्ध एवं कोरोना भाइरसको महामारीका कारण ऊर्जा, खाद्यान्न, अत्यावश्यक वस्तुको मूल्यवृद्धि, मुद्रास्फीतिलगायतका कुरालाई व्यवस्थित गर्ने नै प्रमुख चुनावी मुद्दा बनेका छन् ।

आजै बेलुकी राष्ट्रपति म्याक्रोनले पेरिसको आइफेल टावरबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ