arrow

नयाँ शताब्दीमा राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित हुने म्याक्रोँ पहिलो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
macron-france.jpg
तस्बिर– फाइल

काठमाडौं । फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । 

म्याक्रोँले ५८.५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकि पेनले ४१.४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । 

चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् ।

फ्रान्समा सन् २००२ पछि पहिलो पटक कुनै पनि राष्ट्रपति दोस्रो पटक चुनिाएका हुन् । यसपालि उनको जितको अन्तर भने कम भएको छ । सन् २०१७ मा उनले ६६.१ प्रतिशत मत ल्याएका थिए । पेनको भागमा ३३.९ प्रतिशत मत परेको थियो । 

म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले  म्याक्रोँलाई बधाई दिएका छन् । 

विश्वभरबाटै उनलाई बधाई दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ