arrow

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेनमा

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख १२ सोमबार
us- foreign-antony blinkende-fence-minister-austin.jpg
फाइल तस्बिर

किभ। रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन्। रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिनसँग राष्ट्रपति जेलेन्स्कीले भेट गरेका हुन्।

रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार मागिरहेको छ।

जेलेन्स्की सरकारले रुससँग शान्ति वार्ताको पनि प्रस्ताव गरेको छ। मारिओपोलमा रहेको स्टिल कारखानामा वार्ता गर्न सरकारले रुसी पक्षलाई आह्वानसमेत गरेको छ। रुसी सेनाले निरन्तर गोलाबारी गर्दा केही युक्रेनी सेना र सर्वसाधारण नागरिकहरू सो सहरमा फसेको प्राप्त विवरणहरूमा जनाइएको छ।

भीषण युद्धका कारण मारिओपोलमा केही सातादेखि विद्युत, खाद्यन्न, पानीको अभाव छ। राष्ट्रपति जेलेन्स्कीका सहयोगीले प्रस्तावित वार्तालाई अजोभस्टल कारखानाको पर्खालको छेउमा आयोजना गर्न सकिने बताएका छन्। जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भने, ‘रूसले मारिउपोल अजोभस्टालमा लगातार आक्रमण गरिरहेको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ