arrow

सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु, आइतबार कोभिडका २२ हजार नयाँ सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
shanghai-corona-virus.jpeg
फाइल तस्बिर

सांघाइ। चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ। योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ। आइतबार कोभिडका २२ हजार नयाँ सङ्क्रमित भेटिएका थिए।

साढे दुई करोड जनसङ्ख्या भएको सांघाइ पछिल्लो समय कोभिड सङ्क्रमणको चपेटामा परेको छ। देशको वृद्ध र खोप नलगाएको ठुलो जनसङ्ख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्। कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ।

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घ रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ।

सङ्क्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारिताबारे केहीले प्रश्न उठाउन थालेका छन्। यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ सङ्क्रमित भेटिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ