arrow

म्याक्रोनभन्दा २५ वर्ष ठूली फ्रान्सकी प्रथम महिला को हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
brigitte and emmanuel macrons1.png

काठमाडौं । फ्रान्सेली राष्ट्रपतीय निर्वाचन २०२२ बाट इम्यानुएल म्याक्रोन दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन् । म्याक्रोनकी प्रतिस्पर्धी दक्षिणपन्थी उम्मेदवार मारिन ले पेनलाई हराउँदै उनी दोस्रो पटक राष्ट्रपति बनेका हुन् ।

यसअघि सन् २०१७ को राष्ट्रपतीय निर्वाचन पनि म्याक्रोनले जितेका थिए । म्याक्रोन आफ्नी श्रीमती अर्थात् फ्रान्सकी प्रथम महिला, ब्रिजिट म्याक्रोनसँग सत्तामा रहनेछन् । म्याक्रोनकी श्रीमती अर्थात् फ्रान्सकी प्रथम महिला ब्रिजिटबारे भने निकै प्रश्नहरू हुने गरेका छन् ।

म्याक्रोन्स २५ वर्षको उमेर भिन्नता
फ्रान्सको एमिन्सकी मूल निवासी ब्रिजिट म्याक्रोनको पहिलो नाम ब्रिजिट मेरी क्लाड ट्रग्नु हो । उनको जन्म सन् १९५३ को अप्रिल १३ मा भएको थियो । सन् २०२२ को अप्रिल १४ मा उनी ६९ वर्षकी भइसकेकी छन् ।

ब्रिजिटले सन् २००७ मा इम्यानुएल म्याक्रोनसँग विवाह गरेकी थिइन् । म्याक्रोन भने सन् १९७७ को डिसेम्बर २१ मा जन्मिएका थिए । अहिले दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित म्याक्रोन ४४ वर्षका भए । म्याक्रोन पनि एमिन्सकै मूल निवासी हुन् ।

फ्रान्सेली प्रथम महिला, राष्ट्रपतिकी श्रीमती ब्रिजिटका एक छोरा र दुई छोरी छन् । यी तीनै जना ब्रिजिटको पहिलो विवाहबाट जन्मिएका हुन् । म्याक्रोनसँग विवाह हुनुअघि सन् १९७७ देखि सन् २००६ सम्म ३२ वर्ष ब्रिजिटको वैवाहिक सम्बन्ध एक बैंकर एन्ड्रे लुइस अज्युरसँग थियो ।

यद्यपि, अघिल्लो विवाहबाट जन्मेका छोरा र छोरीले म्याक्रोन र ब्रिजिटको सम्बन्धलाई स्वीकार गरेका छन् र उनीहरू निकट रहेको मानिन्छ । तथापि, ब्रिजिटका छोरा र एक छोरी आफ्नो श्रीमान् अर्थात् फ्रान्सको राष्ट्रपति म्याक्रोन भन्दा जेठा छन् ।

१९९० को दशकमा म्याक्रोकी शिक्षिका थिइन् ब्रिजिट
ब्रिजिट म्याक्रोन एक माध्यमिक विद्यालयकी प्राध्यापक थिइन् । ब्रिजिटले सन् २०१५ सम्म पेरिसको लिसे सेन्ट लुइस डे गोन्जागमा साहित्य पढाएकी छन् ।

यो भन्दा पनि अघि ब्रिजिटले १९८० मा स्ट्रासबर्गमा रहेको कलेज लुसी बर्गर र १९९० मा एमिन्समा रहेको लाइसा एल प्रोभिडेन्समा अध्यापन गराएकी थिइन् । यहाँ नै पहिलो पटक म्याक्रोन र ब्रिजिटबीच भे भएको थियो ।

 विवाहित शिक्षिका ब्रिजिट र त्यति बेला करिब १५ वर्षका विद्यार्थी म्याक्रोनबीच त्यति बेलादेखि नै अफेयर चलेको बताइन्छ । त्यति बेलादेखि नै यी दुवैको सम्बन्ध अघि बढेको भए पनि आफ्नो पहिलो श्रीमानसँग भने सन् २००६ मा मात्रै ब्रिजिटले डिभोर्स गरेकी थिइन् ।

त्यति बेला म्याक्रोनले जेसुकै भए पनि ब्रिजिटसँग विवाह गर्ने भनेको कुराले यी दुवैको सम्बन्धमा चर्चा पाइराख्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ