arrow

गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
lama-baniya-hetauda.PNG

हेटौंडा । हेटौंडाको मेयरका लागि मिना कुमारी लामा र उपमेयरको लागि राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । 

गठबन्धनको तर्फबाट केही बेर अघि उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । 

मेयरकी उम्मेदवार लामा नेकपा एकीकृत समाजवादी र बानियाँ नेपाली कांग्रेसका हुन । 

निकै सकसका बाबजुद आज बिहान मात्रै उपमेयरको लागि बानियाँ उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको थियो ।

गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ताका लागि झाँकी, र्‍याली र बाजागाजा सहित हेटौंडा बजार परिक्रमा गरि गठबन्धनका उम्मेदवार नेता तथा कार्यकर्ता हेटौंडा स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ