arrow

श्रीलङ्काले चीनसँग ऋण पुनर्वित्तका लागि वार्ता शुरु गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
sri-lanka-protest.jpg

काठमाडौं । श्रीलङ्काले आफ्नो ऋण पुनर्वित्तको बारेमा चीनसँग छलफल सुरु गरेको छ । मङ्गलवार श्रीलङ्काका प्रवक्ताले यस्तो जानकारी दिएका हुन् ।

श्रीलङ्काका सञ्चारमन्त्री नालाका गोदाहेवाले चीनले कोलम्बोलाई ऋण पुनर्वित्त गर्न रुचाउने सुझाव दिएको बताएका छन् ।

'अहिले आईएमएफ श्रीलङ्कासँग संलग्न हुन इच्छुक भएकाले अन्य देशहरूले हामीसँग समर्थन भएको थाहा पाएका छन् । हामीलाई विश्व बैङ्क र अन्य एजेन्सीहरूबाट पहिले नै सहयोगको वाचा गरेका छन्,' गोहाहेवाले भनेका छन् ।

आइएमएफ, विश्व बैङ्क, भारत र अन्यसँग टापु राष्ट्रका लागि वित्तीय सहयोगको बारेमा कुरा गर्नका लागि श्रीलङ्काका अर्थमन्त्री अली साब्री गत हप्ता वाशिंगटनमा गएका थिए । 

श्रीलङ्काले आफ्नो ५१ अर्ब ऋणको अंश भुक्तानी स्थगित गरेको छ । कोरोना भाइरसको महामारी र कर कटौतीलगायतका कारणले श्रीलङ्काको अर्थतन्त्र धराशायी बनेको छ ।

सबैभन्दा बढी र महँगो चिनियाँ ऋण रहेको श्रीलङ्कालाई अहिले अर्थव्यवस्था सन्तुलन पार्न निकै कठिन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ