arrow

पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो :  रुसले ब्ल्याकमेल गर्‍यो

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
europe-russia-gas.jpg
फाइल तस्बिर

लन्डन। युरोपेली युनियन (ईयू)ले युरोपमा रुसी जीवाश्म इन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ। रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो।

रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाइन। यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले  रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए।

पश्चिमा देशहरूको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ। रुस एउटा भरपर्दो ऊर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए।

बुधवार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड  र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो। रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो।

बुधवार जारी एक विज्ञप्ति जारी गर्दै  ग्याजप्रोमले राष्ट्रपति पुटिनले जारी गरेको आदेशअनुसार पोल्याण्ड र बुल्गेरियामा पूर्ण रूपमा ग्यास आपूर्ति रोकिएको जनाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ