- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पेरिस। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोमाथि गोलभेँडा प्रहार भएको छ। आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोमाथि गोलभेँडा प्रहार भएको हो।
राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेँडा प्रहार गरेको थियो। तर, राष्ट्रपतिलाई गोलभेँडाले लागेन। म्याक्रोलाई प्रहार गरेको गोलभेँडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो। गोलेभडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए।
तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए। उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए।