arrow

कांग्रेस बागमतीद्वारा बागी उम्मेदवारी फिर्ता लिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
nepali-congress-flag-tree00.jpg

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ ।  

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरूद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन् ।

उनले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने  शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल बनेको चर्चा गर्दै स्वतन्त्ररूपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ