arrow

युक्रेन मामिलामा अरू आए 'अत्याधुनिक हतियार प्रयोग गर्ने' पुटिनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
putin.jpg.jpeg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी घटनाक्रमको अवस्थामा त्यहाँ कुनै अर्को देशले आएर रुसलाई जोखिम पैदा गर्छ भने आफूहरूले बिजुली भन्दा छिटो प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

बुधबार सांसदहरूसँग कुरा गर्दै पुटिनले भनेका छन्, 'यदि कसैले बाहिरबाट वर्तमान घटनाहरूमा हस्तक्षेप गर्न खोज्छ र हाम्रो लागि रणनीतिक प्रकृतिको अस्वीकार्य खतराहरू सिर्जना गर्छ भने, तिनीहरूले थाहा पाउनु पर्छ कि हाम्रो प्रतिक्रिया बिजुली भन्दा छिटो हुनेछ।'

यसबाहेक पुटिनले आफ्नो सेना अत्याधुनिक हतियारको प्रयोग गर्नसमेत पछि नपर्ने चेतावनी दिएका छन् । 'हामीसँग ती सबै उपकरणहरू छन्, नाकी कसैले आफूसँग भएकोमा घमण्ड  गर्न सक्छन्, हामी यसको बारेमा घमण्ड गर्दैनौँ, आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ, र म सबैले यो करा जानुन् भन्ने चाहन्छु,' पुटिनले भनेका छन् ।

'हामीले यसबारे सबै निर्णय गरिसकेका छौँ,' पुटिनले अघि भनेका छन् ।

रुसले हाइपरसोनिक मिसाइल र नयाँ अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल सरमतलगाय अत्याधुनिक मिसाइलको विकासमा विशेष जोड दिएको छ । यसबीच पुटिनले युक्रेन मामिलामा कसैले हस्तक्षेप गरे ती मिसाइलको प्रयोग गर्ने चेतावनी दिएका हुन् ।

यसअघि रुसले युक्रेन युद्धको विषयमा आणविक हतियारको प्रयोगको चेतावनी समेत दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ