arrow

भारत, चीन, अमेरिका र जर्मनीमा कोरोना आक्रामक बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
corona-worldwide.jpg
तस्बिर– फाइल

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वलाई फेरि आतंकित बनाउँदैछ । केही शान्त रहेको कोरोनाको गति बढ्दो छ । बिहीबारमात्रै जर्मनीमा १ लाख २४ हजार ८६३ नयाँ संक्रमित पाइए । इटालीमा ८८ हजार ७७०, दक्षिण कोरियामा ७६ हजार ७६१, फ्रान्समा ६७ हजार ७११ तथा अमेरिकामा ५७ हजार ९८५ जना संक्रमित पाइएका छन् । 

मृत्युदर पनि रोकिएको छैन । अमेरिकामा ३१८, जर्मनीमा २४५, इटालीमा १८६, फ्रान्समा १५२ तथा दक्षिण कोरियामा १४१ जनाले ज्यान गुमाएका छन् । 

अमेरिकामा २८ प्रतिशतले कोरोना बढेको छ । अमेरिकाका २४ राज्य हटस्पट बनेका छन् । 

चीनको बेइजिङका विदालयहरु बन्द भएका छन् । विवाह र अन्तिम संस्कारमा समेत रोक लगाइएको छ । बेइजिङमा दुई करोड मानिसलाई कोरोनाको परीक्षण गर्ने अभियान थालिएको छ । 

चीनको संघाईमा बिहीबार मात्रै १० हजार नयाँ संक्रमित पाइएका थिए । 

भारतमा पनि संक्रमण बढ्दो छ । भारतमा बिहीबार ३ हजार ३०३ नयाँ संक्रमित थपिए । जबकि ३९ जनाको मृत्यु भएको थियो । बुधबार मात्रै २ हजार ९३७ जना संक्रमित पाइएका थिए ।

मार्चपछि एकाएक संक्रमण बढेको छ । दिल्लीमा मात्रै बिहीबार १ हजार ४९० क्रमित पाइएका थिए । भारतमा हाल १६ हजार ९८० सक्रिय क्रमित छन् । 

भारतमा ४७ दिनपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित पाइएका हुन् । 

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस गेब्रेयाससले फेरि कोरोनालाई मतलब नगरे ठूलो घात हुने बताएका छन् । उनले कोरोना विश्वभर घातक बनेर फैलिएकोसमेत बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ