arrow

दाइलाई प्रधानमन्त्रीबाट हटाउन श्रीलंकाका राष्ट्रपति सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
Mahinda RajapaksaGotabaya Rajapaksa.png

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आर्थिक संकटको कारण उत्पन्न राजनीतिक संकट समाधान गर्न प्रस्तावित अन्तरिम सरकारमा आफ्नो जेठो दाइलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका छन् ।

नयाँ प्रधानमन्त्री र संसदमा रहेका सबै दलहरू सम्मिलित मन्त्रिपरिषद्को नामकरण गर्न राष्ट्रिय परिषद् गठन गर्ने कुरामा सहमत भए, सांसद मैत्रीपाला सिरिसेनाले राष्ट्रपतिसँगको भेटपछि बताएका छन् ।

यस महिनाको सुरुमा झण्डै ४० जना अन्य विधायकहरूसँगै पार्टी छाड्नुअघि सिरिसेना सत्तारुढ दलका सांसद थिए। 

गत महिनादेखिको देशव्यापी प्रदर्शनले आर्थिक संकटका लागि उनीहरु जिम्मेवार भएको आरोप लगाएका थिए । श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । 

जसको परिणामस्वरूप राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षे लगायत राजापाक्षे परिवारका नेताहरू विरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेको छ।

विदेशी ऋण, मुद्रास्फिती, कोभिड१९को महामारी एवं पर्यटन क्षेत्र थलापर्नुलगायतलाई यसको कारण मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ