- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फिनल्याण्डले मे १२ मा नेटो सदस्यताको लागि आवेदन दिने निर्णय गर्ने फिनिश अखबार इल्तालेहतीले जनाएको छ । आइतबार नाम नखुलाइएको सरकारी स्रोतहरूलाई उद्धृत गर्दै उसले यसबारे उल्लेख गरेको हो ।
फिनल्याण्ड नेटोमा सामेल हुने निर्णय त्यस दिन दुई चरणमा आउने बताइएको छ । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले फिनल्याण्डलाई पश्चिमी रक्षा गठबन्धनमा सामेल हुनको लागि आफ्नो स्वीकृतिको घोषणा गरेपछि संसदीय समूहहरूले पनि यसलाई स्वीकृत गरेको थियो ।
युक्रेनमा रुसको आक्रमणले फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल हुने दिशातर्फ धकेलेको हो । यसअघि यी दुवै मुलुकहरु कुनै एकको पक्ष लिनुभन्दा पनि शान्ति कायम राख्ने विश्वामा रही आएका थिए ।
फिनल्याण्डको संविधान अन्तर्गत राष्ट्रपतिले सरकारको सहयोगमा फिनल्याण्डको विदेश र सुरक्षा नीतिको नेतृत्व गर्दछ। राष्ट्रपति र संसदको प्रारम्भिक घोषणापछि राष्ट्रपति र सरकारका प्रमुख मन्त्रीहरू बीचको बैठकमा यो निर्णय पुष्टि हुने पत्रिकाले जनाएको छ ।
रुस र फिनल्याण्डबीच करिब १ हजार ३ सय किलोमिटर लामो सीमाना छ । यसअघि रुसले नेटोमा सामेल भएमा यो क्षेत्रमा हाइपरसोनिक र आणविक हतियार तैनाथ गर्ने चेतावनी दिँदै आएको छ ।