arrow

पुटिनद्वारा पश्चिमामाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
reuters-photputin-o.PNG

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही विदेशी राज्य र अन्तर्राष्ट्रिय सङ्गठनहरूको अमित्रतापूर्ण कार्यहरूको प्रतिक्रियामा प्रतिरोधात्मक आर्थिक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेको क्रेमलिनले मङ्गलवार जनाएको छ ।

अहिले उक्त हस्ताक्षरित कागजातमा कस्ता कम्पनी र व्यक्ति राखिएका छन् भन्ने जानकारी भने सार्वजनिक भएको छैन । प्रतिबन्ध लागे अनुसार रुसले ती सूचीमा समावेश गरिएका व्यक्ति र कम्पनी एवं संस्थालाई आफ्नो उत्पादन र कच्चा पदार्थ पठाउने छैन ।

यस्तै उक्त आदेशले प्रतिबन्ध लागेपछि ती व्यक्ति एवं कम्पनी र संस्थाहरूसँगको लेनदेन बन्द गर्ने र रुसी समकक्षीहरूलाई तीनको दायित्वसमेत पूरा नगर्न अनुमति दिने छ ।

आदेशले कुन, कुन व्यक्ति र कम्पनीलाई कस्ता प्रतिबन्ध लगाउने लगायतको तयारीका लागि १० दिनको समय तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ