arrow

भारतमा कोरोना बढ्यो, एकैदिन ५४ को मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
corona-india-killed.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतमा कोरोना फेरि बढेको छ । शान्त भएको एक दिनपछि नै भारतमा कोरोना संक्रमण फेरि बढेको हो । सोमबार २५ सय ४६ संक्रमित मात्रै थपिएकामा मंगलबार बढेर ३२ सय ३९ संक्रमित पाइएका छन् । 

जबकि आइतबार ३१ सय ५७ संक्रमित भएका थिए । शनिबार ३३ सय २४ तथा शुक्रबार ३६ सय ८८ संक्रमित पुगेका थिए । कोरोना घट्ने अपेक्षा गरिएको भए पनि अब भारतमा चौथो लहरको तयारी भइरहेको आँकडाले संकेत गरेको छ । 

त्यसैगरी मंगलबार एकैदिन ५४ जनाको ज्यान गएको छ । यसअघि सोमबार ३४, आइतबार २६, शनिबार ४० तथा शुक्रबार ५० जनाको ज्यान गएको थियो । 

हाल भारतमा सक्रिय संक्रमित बढेर १८ हजार ३१७ पुगेका छन् । पोजेटिभ रेट बढेर १.२२ प्रतिशत पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ